मंगलबार, भदौ ९, २०८३

प्रदेशसभामा पोखियो केन्द्रीय राजनीतिको 'भडाँस'

आइतबारदेखि सुरु भएको गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो दिन वक्ताहरुले केन्द्रीय राजनीतिको भडाँस पोखेका छन्।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

पोखरा- गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षको लागि बजेट अधिवेशन सुरु भएको छ। यो अधिवेशनमा सरकारले प्रदेशका लागि नीति तथा कार्यक्रम र समग्र आयव्यय प्रस्तुत गर्ने र त्यसमा पक्ष–प्रतिपक्षले चिन्तन, मनन् र मन्थन गर्छन्। प्रदेशका नागरिकको सुरक्षा, उनीहरुको जीवनस्तरमा सुधार ल्याउने, प्रदेशको विकासका लागि तर्क गर्छन्। 

तर आइतबारदेखि सुरु भएको गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो दिन वक्ताहरुले केन्द्रीय राजनीतिको भडाँस पोखेका छन्। बजेट अधिवेशनको पहिलो बैठकको सुरुमा बोल्दै जनता समाजवादी पार्टी संसदीय दलका नेता हरिशरण आचार्यले प्रधामन्त्री केपी शर्मा ओलीको प्रतिगमनको शिकार प्रदेश सभाहरु पनि भएको बताए। आचार्यले प्रधामन्त्री राजनीतिक इमानदारिताको बाटोमा हिँडेको भए राजनीतिक कोर्ष फरक ढंगले अगाडि बढ्ने बताउँदै केन्द्रीय राजनीतिक दाउपेचको असर प्रदेशमा परेको बताए। 

आफ्नो लामो भाषणको अधिकांश समय केन्द्रीय राजनीतिको आलोचना गर्न खचिएका आचार्यले वर्तमान सरकार देशलाई अगाडि बढाउने बाटोमा पूर्णतः असफल भएको आरोप लगाए। 

त्यसपछि बोल्ने पालो आयो जनमोर्चा संसदीय दलका नेता पियारी थापाको । शनिबार बसेको संसदीय दलको बैठकले उनलाई नेता चयन गरेको हो । यसअघिका नेता कृष्ण थापा कारवाहीमा परेपछि उनले यो जिम्मेवारी पाएकी हुन्। 

प्रदेश सरकारको बजेट अधिवेशनको सफलताको कामना गरेर उनले पनि केन्द्रीय राजनीति विरुद्ध भडाँस पोख्न सुरु गरिन्। सुरुमै उनले अध्यादेशबाट ल्याइएको नागरिकता विधेयकको धुवाँदार विरोध गरिन्। 

आफ्नो मन्तव्यका क्रममा उनले सारा असफलताको दोष वर्तमान प्रधामनन्त्री केपी शर्मा ओलीमा थुपारिन्। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पनि ओली पथमै हिँडेको उनको आरोप थियो । 

यसैगरी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले राष्ट्रिय राजनीतिक संकट करिब करिब ७२ वर्षको नेपालीको रगत पसिनाबाट आर्जित संघीय लोकतान्त्रिक गणतन्त्रको हुर्मत लिने काम भएको बताए। 

संघीयता कार्यान्वयनको आभास दिन आफूले प्रदेश प्रहरीको अवधारणा ल्याएको दावी गर्दै उनले ओलीका पालामा प्रदेश प्रहरी नआउने घोषणा समेत गरे। नेकपा एमालेका केन्द्रीय नेतालाई नेपाल पत्रकार महासंघको चुनावले झलक दिएको बताउँदै उनले आगामी चुनावमा पनि पत्रकारकै चुनावकै हालत हुने दावी समेत गरे। 

‘भित्रैदेखि दुःख लागेको कुरा प्रतिनिसिभा विघटन भयो, यसलाई इतिहासले बिर्संदैन। पहिलो संविधानसभादेखि अहिले प्रतिनिधिसभासम्म पटक पटक संसद विघटन कम्युनिष्ट पार्टीका नेता केपी ओलीको हातबाट गराइयो,’ उनले भने। 

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले केपी ओलीले अलोकतान्त्रिक र अराजनीतिक हर्कत गरेको भन्दै आफ्नो भाषण सुरु गरे। ‘उहाँले संसदलाई विजनेस विहीन बनाउनुभो। संविधानको हुर्मत लिने काम भयो। दुई तिहाईको बहुमत प्राप्त ओली अल्पमतमा पर्नुुभो,’ उनले भने। 

राष्ट्रपतिलाई आफू मातहतको कर्मचारी जस्तो गरेर निर्देशन दिनु हास्यास्पद भएको भन्दै उनले पदमै रही मार्गप्रशस्त गर्ने र राष्ट्रपतिले त्यसलाई स्विकार गर्ने काम नै बदनियतपूर्ण भएको बताए। धारा ७६ उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका ओली एकैपटक उपधारा ५ मा जानु संंवैधानिक प्रक्रिया छल्ने काममात्रै भएको उनको आरोप थियो।

उनले पनि आफ्नो मन्तव्यको अधिकांश समय केन्द्रीय राजनीतिको आलोचना गर्नमै खर्चिए। ‘प्रधानमन्त्री संविधानमाथि धावा बोल्दै अगाडी बढेको देखिन्छ’ भन्दै उनले संघ सरकारले ल्याएको बजेट झुटको पुलिन्दा र प्रचारमुखी भएको टिप्पणी गरे। ‘कामचलाउ सरकारले पूरक बजेट ल्याउनुपर्छ भनिरहेको अवस्थामा आएको बजेट कार्यान्वयन हुन सक्दैन। जनतालाई भ्रम छर्न मात्रै ल्याइएको हो,’ उनले भने। 

सांसदहरुका आरोप र जिज्ञासालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले यो सरकार केन्द्रीय राजनीतिकै बाटोमा जान्छ भन्ने शंका नगर्न आग्रह गरे। विश्वासको मत २७ गतेभित्र लिने जनाउँदै उनले विश्वासको मत प्राप्त नभए संविधानअनुसार हुने बताए। 

प्रकाशित: May 30, 2021| 12:52 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।