मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीका ४ मन्त्रीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न पाउने

लुम्बिनीका ४ मन्त्रीले राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान गर्न पाउने

उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टीले केपी शर्मा ओली पक्षीय नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको सांसद पद नै निलम्बन गरेको थियो। तर उनीहरूले अब हुने उपनिर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

बुटवल- लुम्बिनीका ४ मन्त्रीले सोमबार हुने राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न पाउने भएका छन्। यसअघि मतदाता नामावलीबाट उनीहरूको नाम हटाइएको भएपनि मतदान गर्न पाउने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको उल्लेख गरेको छ।

उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टीले केपी शर्मा ओली पक्षीय नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेको सांसद पद नै निलम्बन गरेको थियो। तर उनीहरूले अब हुने उपनिर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। 

यसअघि प्रदेश सभातर्फका ७९ जना सांसद मतदाता रहेपनि ४ जना थप भएपछि मतदाता प्रदेश सांसदको संख्या ८३ पुगेको छ भने कुल मतदाता ३ सय पुगेका छन्। 

स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता छन्। दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचको भने तयारी पूरा भएको छ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोभिड पोजेटिभका लागि छुट्टै मतदानस्थल बनाइएको छ। निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने छ। 

बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए। 

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्।

No description available.

प्रकाशित: May 30, 2021| 12:02 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।