मंगलबार, भदौ ९, २०८३

अब आउने खोप ६०-६४ वर्ष उमेर समूहकालाई लगाइने

सरकारले अब आउने कोरोनाविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई लगाउने तयारी गरेको छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- सरकारले अब आउने कोरोनाविरुद्धको खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई लगाउने तयारी गरेको छ। 

परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अब नेपाल आउने खोपको पहिलो प्राथमिकता ६० देखि ६४ वर्षका व्यक्तिलाई राखिएको जानकारी दिए। 

खोपका लागि भारत, चीन, अमेरिकालगायतका देशहरुमा कूटनीतिक पहल भए पनि खोप कहिले दिने भन्नेबारे जवाफ नआएको उनले बताए।

अनुरोध गरिएका देशको प्रतिक्रिया नआएसम्म कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो मात्रा तत्कालै दिन नसकिने उनले जानकारी दिए।

पहिलो डोज खोप लगाएको १२ हप्तामा दोस्रो डोज लगाउने भनिए पनि त्यो सम्भव नभएको उनले बताए। 

‘जेष्ठ नागरिकहरुले पहिलो मात्रा खोप लगाएको ११ हप्ता नाघिसकेको छ, १२ हप्ताभित्र लगाउनपर्ने तर तत्काल खोपको आउने निक्र्योल नभएकाले केही पर जाने देखिएको छ’, डा. पोखरलेलले भने। 

एस्ट्राजेनेकाले उत्पादन गरेका अन्य खोप पनि कोभिशिल्डकै प्रकृतिको रहेकाले कोभिशिल्ड नपाए पनि एक्ट्राजेनेकाको अन्य खोप लगाउन मिल्ने उनले बताए।

प्रकाशित: May 30, 2021| 11:30 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।