मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेश ल्याउन चिकित्सक संघको माग

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने अध्यादेश ल्याउन चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले अबको सात दिनभित्र देशभरका स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने कानुन अध्यादेशमार्फत ल्याउन सरकारसँग माग राखेको छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– नेपाल चिकित्सक संघले अबको सात दिनभित्र देशभरका स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित हुने कानुन अध्यादेशमार्फत ल्याउन सरकारसँग माग राखेको छ। 

आइतबार विज्ञप्ति जारी गर्दै संघले भेरी अस्पतालको घटनामा संलग्न व्यक्तिहरुलाई कडा कारवाही गर्न पनि माग गरेको छ। संघले उक्त माग पूरा नभए कडा कदम चाल्ने र यसको जिम्मेवार सरकार आफैं हुने चेतावनी समेत दिएको छ। 

‘अहिले महामारीको अवस्थामा सरकारले अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको भौतिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्दै र यस कार्यमा वाधा सिर्जना गर्ने सबै घटनाका दोषी व्यक्तिमाथि तत्काल कारवाही गर्न अध्यादेशमार्फत यथाशीघ्र कानुन बनाइ सुरक्षाको सुनिश्चित गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख गरिएको छ। यस विषम परिस्थितिमा चिकित्सकको मनोबल वृद्धि गर्नुको सट्टा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक धम्की, लान्छनादेखि दुर्व्यवहार, कुटपिटका घटना बढ्दै गएको भन्दै संघले दुःख व्यक्त गरेको छ।

प्रकाशित: May 30, 2021| 11:07 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।