काठमाडौं- गृह मन्त्रालयले देशका ७५ जिल्लामा निषेध आदेश जारी गरिएको जानकारी दिएको छ। आइतबार बिहान १० बजे मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार देशका ७५ जिल्लामा निषेध आदेश जारी भएको उल्लेख छ।
अधिकांश जिल्लामा जिल्लाभर निषेध आदेश जारी गरिएको छ। सप्तरी र ताप्लेजुङमा भने आंशिक निषेध आदेश जारी गरिएको छ।
नयाँ वर्ष २०७८ लागेपछि सबैभन्दा पहिले वैशाख १३ गतेदेखि लागू हुने गरी बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निषेध आदेश जारी गरेका थिए।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले भने वैशाख १६ गतेदेखि लागू हुने गरी निषेध आदेश जारी गरेका थिए। उपत्यकामासहित अन्य जिल्लामा पनि निषेध आदेशलाई कडाइ गर्दै लगिएको छ।
निषेध आदेश जारी गरेको एक महिना बितिसक्दा पनि कोरोना संक्रमितहरूको संख्या भने अपेक्षित रूपमा घटेको छैन।
निषेध आदेश जारी भएका जिल्लाको सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।
