काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज आइतबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै छन्।
केही दिनयता संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी छ।
पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना संक्रमित कोरोनामुक्त भएका छन्। अहिले १ लाख ८ हजार ८९७ जना संक्रमित आइसोलेसनमा छन्। आज १०९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
