मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्व बैंक समूह युवा सम्मेलन २०२१ मा नेपालको प्रतिनिधित्व निश्चल बानियाँले गर्ने

विश्व बैंक समूह युवा सम्मेलन २०२१ मा नेपालको प्रतिनिधित्व निश्चल बानियाँले गर्ने

विश्व बैंक समूह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनौट भएका छन्। दुई दिने उक्त कार्यक्रम भचुर्अल माध्यममा जेठ २६ र २७ गते चल्नेछ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– विश्व बैंक समूह युवा सम्मेलन २०२१ को नेपाली प्रतिनिधिमा युवा वैज्ञानिक निश्चल बानियाँ छनौट भएका छन्। दुई दिने उक्त कार्यक्रम भचुर्अल माध्यममा जेठ २६ र २७ गते चल्नेछ।

यो सम्मलेन विश्व वैंक समूहको सबैभन्दा ठूलो स्वयंसेवीहरुको संस्था युथ टु युथ नेटवर्क सम्बद्ध कार्यक्रम हो। नेटवर्कले युवाहरुको सशक्तिकरणमा काम गरिरहेको छ। 

अन्तर्राष्ट्रिय स्तरमा युवाहरुले सामना गरिरहेको विभिन्न चुनौतिहरुलाई सम्बोधन गर्न युवाहरुलाई सशक्तिकरण गर्ने, युवाहरुलाई प्रभावकारी परियोजनाहरुमा संलग्न गराउने साथै युवा, विश्व वैँक समूह र अन्य सरोकारवालाहरु बीचको अन्तरक्रिया प्रोत्साहन गर्न विश्व बैंक समूहले सन् २०१३ देखि सम्मेलनको आयोजना गर्दै आएको छ।
 
‘रेजिलियन्ट रिकभरी फर पिपुल एण्ड प्लानेट’ नारा सहित आयोजना हुन गइरहेको यस सम्मलेनमा विभिन्न विषयहरुसँग सम्बन्धित सत्रहरु र प्रतिस्पर्धात्मक गतिविधिहरु हुनेछन्।  

सहभागिहरुले जलवायु परिवर्तन सम्बन्धि चुनौतीहरुलाई सम्बोधन गर्नको लागि आवश्यक छलफल गर्ने र विश्व बैंक समूहका विज्ञहरुबाट सम्बन्धित विषयहरुमा परामर्श लिने अवसर पनि पाउनेछन्।

यस कार्यक्रममा बिश्व बैंक समूहका वरिष्ठ उपाध्यक्ष डा. सन्दी ओकोरो, विश्व बैंकका वातावरणीय अर्थशास्त्री डेभिड काकजान, संयुक्त राष्ट्रसंघ महासचिवका युवाहरुको लागि दूत जयथ्मा विक्रमनायाके लगायत वक्ताहरुको सहभागिता रहनेछ।

नेपलाबाट भाग लिने बानियाँ बाग्मती युनेस्को क्लबका प्रमुख कार्यकारी अधिकृत हुन्। उनले क्लबको सिफारिसमा सम्मेलनको सहाभागिताका लागि आवेदन दिएका थिए।

प्रकाशित: May 30, 2021| 09:31 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।