काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक भोलिका लागि सरेको छ। आइतबार साँझ ५ बजेका लागि बोलाइएको बैठक सोमबार बिहान १० बजे बस्ने गरी सरेको हो।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बैठक सोमबार बिहान बालुवाटारमा बस्ने जानकारी दिएका छन्।
विभिन्न समसायिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
स्थायी कमिटी बैठकले यसअघि स्पष्टीकरण सोधिएका नेता माधव नेपाल पक्षका १२ जना सांसदमाथि कारबाही गर्न सक्ने आंकलन गरिएको छ।
त्यस्तै बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा, पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ।
