मंगलबार, भदौ ९, २०८३

खोप उत्पादक मुलुकसँग राष्ट्रपतिको धमाधम पत्राचार

भण्डारीले खोप उत्पादक मुलुक भारत, चीन, अमेरिका र रुसका सरकार एवम् राष्ट्र प्रमुखसँग सहयोगका लागि कूटनीतिक च्यानलमार्फत पत्राचार गरेकी हुन्। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी कोरोनाविरुद्धको खोप खरिदमा सहजीकरणका लागि विभिन्न मुलुकसँग पत्राचार गरिरहेकी छन्। भण्डारीले खोप उत्पादक मुलुक भारत, चीन, अमेरिका र रुसका सरकार एवम् राष्ट्र प्रमुखसँग सहयोगका लागि कूटनीतिक च्यानलमार्फत पत्राचार गरेकी हुन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लोपटक रुसका राष्ट्रपति भ्लादिभिर पुटिनलाई पत्र पठाई खोप खरिदमा सहजीकरण गर्न आग्रह गरेकी हुन्। उनले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ।

पत्रमा नेपाल महामारीको संकटमा रहेकाले  जनतालाई बचाउन खोप अनिवार्य भएको भन्दै खोप सहयोगका लागि अनुरोध गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए। गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्दै पत्राचार गरेकी थिइन्। 

पत्रमा राष्ट्रपति भण्डारीले नेपालको कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिएकी थिइन्।  भारतले अहिलेसम्म नेपाललाई १० लाख खोप अनुदानमा दिएको छ। त्यसपछि नेपालले भारतबाट २० लाख खोप खरिद गरेपछि १० लाख डोज मात्र आइपुगेको छ। भारतमा दोस्रो लहर आएर भारत आफैं संकटमा परिरहेको बेलामा राष्ट्रपति भण्डारीले खोपका लागि अनुरोध गरेकी हुन्। 

यसअघि बुधबार नै राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई टेलिफोन गरी खोप सहयोग माग गरेकी थिइन्। त्यस क्रममा चिनियाँ समकक्षीले  नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। 

यसअघि बुधबार नै राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनफिङलाई टेलिफोन गरी खोप सहयोग माग गरेकी थिइन्। त्यस क्रममा चिनियाँ समकक्षीले  नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए। नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको भन्दै यसलाई नियन्त्रणमा लिन खोप प्रभावकारी भएकाले नेपाललाई सहयोग गर्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन्। यसपछि चीनले अनुदानमा १० लाख डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको थियो। 

यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज कोभिड भ्याक्सिन अनुदानमा उपलब्ध गराएको थियो। चीनले विभिन्न स्वास्थ्य सामग्री समेत नेपाललाई उपलब्ध गराउँदै आएको छ। 

यस्तै शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई  पत्र लेखेकी छन्। नेपाललाई सहयोग गर्ने बारेको पत्र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी इर्विन मासिंगालाई छलफलका क्रममा हस्तान्तरण गरेका हुन्। मासिंगा राज्य विभागका वरिष्ठ सल्लाहकार हुन्।  राजदूत खतिवडाले जे एन्ड जे भ्याक्सिन खरिद गर्नेबारे पनि सल्लाह गरेका छन्। 

प्रकाशित: May 30, 2021| 09:01 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।