बुधबार, चैत ११, २०८२

फुटबलको महाकुम्भ आजबाटः यस्तो हुनेछ उद्घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मस्काे- चार वर्ष लामो प्रतिक्षा समाप्त गर्दै बिहीबारबाट रुसमा विश्वकप फुटबलको २१ औं संस्करण शरु हुँदैछ । रुसमा पहिलोपटक हुन लागेको यो विश्वकपमा ३२ देश सहभागी हुँदैछन् भने ६४ खेल हुनेछन् । प्रतियोगितमा सात सय ३६ खेलाडी सहभागी हुनेछन् । 

२१ औं संस्करणको फुटबल महाकुम्भको भव्य उद्घाटन मस्कोस्थित लुजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाको भिडन्तबाट हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ९ बजे शुरु हुनेछ ।

विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको यस प्रतियोगिताको उद्घाटन भव्य हुने आयोजक फिफाले जनाएको छ । फिफाका अनुसार यसपालिको  उद्घाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरूमा केन्द्रित हुनेछ ।

संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रूपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् ।

दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्वस्टार रोनाल्डो उद्घाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् । उद्घाटन समारोह नेपाली समयअनुसार बेलुका ८ बजे शुरु हुनेछ । 

समारोहमा पाँच सय डान्सर, जिम्न्यास्ट र कलाकारहरूका प्रस्तुती समावेश हुने बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन् ।

एक महिनासम्म चल्ने विश्वकप प्रतियोगिता मस्कोसहित १० शहरका १२ रंगशालामा हुनेछ । यसपटक पनि पाँचपटक विश्वकप जितिसकेको ब्राजिलसँगै साविक विजेता जर्मनी, दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र पूर्वविजेताहरू फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ ।

प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।