मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : चालु अधिवेशन अन्त्य र बजेट अधिवेशन आह्वान गर्ने तयारी

प्रदेश २ : चालु अधिवेशन अन्त्य र बजेट अधिवेशन आह्वान गर्ने तयारी

प्रदेश २ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सकेको छैन। असार १५ भित्र प्रदेशको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। 
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

जनकपुरधाम - प्रदेश २ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सकेको छैन। असार १५ भित्र प्रदेशको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। 

त्यसैले बजेट अधिवेशन बोलाउनका लागि पनि चालु अधिवेशन अन्त्य गर्नुपर्ने हुन्छ। यद्यपि प्रदेश सरकारले भने नीति तथा कार्यक्रम र बजेटको तयारी भइरहेको दाबी गरेको छ। 

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मन्त्रिपरिषद्को बैठक बसेर चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बताएका छन्। 

‘सोमबार मन्त्रिपरिषद्को बैठक बस्दै छ, चालु अधिवेशन अन्त्य गरेर बजेट अधिवेशन आह्वान गरिने छ,’ उनले भने। 

प्रदेशसभा बैठक बस्न नसक्दा आउने नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै जानकारी नरहेको भन्दै प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आलोचना गरेका छन्। 

बाध्यात्मक स्थितिमा गत चैत ३० गते बसेको बैठक वैशाख १० गतेपछि फेरि बस्न सकेन। 

प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेशसभाको पाँचौ अधिवेशनका बैठकहरू अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रदेशसभा बैठक बस्न नसक्दा आउने नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै जानकारी नरहेको भन्दै प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आलोचना गरेका छन्। 

प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेशसभाका कोरोना संक्रमित कर्मचारी निको भएर घर फर्केको कयौँ दिन भइसकेको छ तर जसपाभित्रको आन्तरिक किचलोका कारण प्रदेशसभाको बैठकसमेत अन्योलतामा पुगेको छ। 

‘जसपाको आन्तरिक किचलोका कारण प्रदेशसभा बैठक बस्न दिइएको छैन, जबकि नीति तथा कार्यक्रम, बजेट, विभिन्न महत्त्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने छ,’ उनले भनिन्, ‘फेरि हतार–हतारमा नीति तथा कार्यक्रम ल्याइने छ, बिना छलफल ल्याइएका नीति तथा कार्यक्रमले कसैको भलो गर्दैन।’

उनले अझै पनि नीति तथा कार्यक्रममा कस्ता–कस्ता विषयहरू समेटिनुपर्ने हो भन्ने विषयमा नबोलाइनु दुःखद भएको उनको भनाइ छ। 

अर्का प्रदेशसभा सदस्य सुरिता साहले समेत नीति तथा कार्यक्रम ल्याउनु अघि गरिने छलफलमा सहभागी नगराइएकोमा आपत्ति जनाएकी छन्। 

उनले भनिन्, ‘जस्तोसुकै विषय परिस्थिति होस् नीति तथा कार्यक्रम ल्याउनै पर्छ, तर न अहिलेसम्म यस विषयमा हामीलाई जानकारी गराइएको छ न छलफलमा सामिल नै गराइएको छ।’ 

प्रदेशको हितमा केन्द्रित रहेर नीति तथा कार्यक्रम ल्याउन बढीभन्दा बढी प्रदेशसभा सदस्यहरूसँग भर्चुअल नै भए पनि छलफल हुनु आवश्यक रहेको उनको भनाइ छ। 

यता प्रदेश सरकारले बजेट अधिवेशनको आह्वान गर्ने तयारी गरिरहँदा प्रदेश नीति तथा योजना आयोगले नीति तथा कार्यक्रम तयार पार्न छलफललाई तीव्रता दिएको छ। 

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जेठको अन्तिम साता प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले नीति तथा कार्यक्रम तयार पार्नका लागि विभिन्न दल तथा मन्त्रीहरूसँगको छलफललाई तीव्रता दिइएको बताए। 

अहिले महामारीको समयमा बढीभन्दा बढी प्रदेशसभा सदस्यहरूसँग छलफल गर्न सम्भव नरहेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको नेता तथा मन्त्रीहरूसँग छलफल गरेर उत्कृष्ट नीति तथा कार्यक्रम ल्याउने प्रयासमा रहेको उनको भनाइ छ।

नीति तथा योजना आयोग उपाध्यक्ष झाका अनुसार सबै मन्त्रालयहरूले आ–आफ्ना कार्यक्रमहरू आयोगमा पठाइसकेको र ती सबैलाई कम्पाइल गरेर तयार पार्ने काम भइरहेको छ। 

यसपटकको नीति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा बढी केन्द्रित हुनुका साथै, कृषि, रोजगार सिर्जना र शिक्षामा मुख्य रुपमा केन्द्रित रहने उनले बताए।

नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले आगामी नीति तथा कार्यक्रमका लागि आफूसँग छलफल गरिएको जानकारी दिएा छन्। यस पटकको नीति तथा कार्यक्रम उत्पादनमुखी हुनुपर्नेमा उनले जोड दिए। 

‘पछिल्लो वर्षको नीति तथा कार्यक्रम र बजेट वितरणमुखी थियो तर यसपटक त्यो दोहोरिँदैन भन्ने अपेक्षा गरेको छु र सल्लाह सुझावसमेत दिएको छु,’ उनले भने। 

माओवादी केन्द्र संसदीय दलका नेता भरतपप्रसाद साहले समेत आउने नीति तथा कार्यक्रम र बजेट कोभिड रोकथाम तथा नियन्त्रण र त्यसबाट उत्पन्न प्रतिकूल असरको निर्मूल गर्नतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए।

प्रकाशित: May 30, 2021| 08:07 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।