काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको दोस्रो दिनको सुनुवाइमा क्रममा संवैधानिक इजलासमा राखिएका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाइएको छ। रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले उनीहरूलाई इजलासमा राख्न नमिल्ने जिकिर गरेका हुन्।
इजलासमा बमकुमार श्रेष्ठ र तेज बहादुर केसी रहने कि नरहने भन्ने विषयमा नै बहस केन्द्रित मुख्य विषयमा अहिलेसम्म प्रवेश गरेको छैन। यसरी बहस गर्नेमा कानुन व्यवसायीहरु गोविन्द बन्दी, माधवप्रसाद यादव, रमण श्रेष्ठ, टीकाराम भट्टराई, बद्रीबहादुर कार्की, शम्भु थापालगायत छन्।
यस्तो छ सबाल–जबाफ
शम्भु थापा- आज के हुन्छ थाहा छैन। महान्यायाधिवक्ता संसारका सबै लयरको लयर हो, उहाँले त्यस्तो भन्नु भो मैले कल्पना गरेको छैन। यस्तो महान्यायाधिवक्ता मैले देखेको छैन। प्रधानन्यायाधीशले मेरो हकमा के हुन्छ भन्नुभयो। अब श्रीमान् बिदामा बसे भैगो नि। यो अदालतले रक्षा गर्दैन भन्ने होइन। तर लडाइँमा त उभिनुपरेको छ। एकैजना न्यायाधीश पनि बढी एक्टिभिजमतिर गइरहेको देखिन्छ भने न्यायाधीश स्वतन्त्र त देखिन्छ तर निष्पक्ष देखिँदैन।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की- बेन्च गठनबारे आफैंं हेरौं। श्रीमानहरुका बारेमा बारेमा जुन प्रश्न उठ्छ यसलाई अन्यथा लिन हुन्न।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा- त्यो फैसला र यो मुद्दामा तात्त्विक रिलेसन के छ?
कार्की- श्रीमानहरुले प्रश्न उठेको स्थितिमा मैले अगाडि पनि भन्या छु, एक जनाले प्रश्न उठाउनुभयो। मैले मान्यता राखें मैले कुनै पनि मुद्दा हेर्दिनँ। यस्तो स्थितिमा बस्न हुँदैन। अघिल्ल्लो पटक कार्कीले प्रश्न उठेपछि इजलास छोडेका थिए।
राणा – मेरोमा नैतिक दायित्व पर्दैन। म पनि त यही इजलासमा छु।
कार्की – त्यो त श्रीमानले विचार गर्ने हो।
के तपाईंहरुले न्यायाधीश छान्ने हो र अब के तपाईंहरुलाई दिउँ? पक्षविपक्षले यो न्यायाधीश हुन्न भनेर हुन्छ। न्यायालयप्रति त विश्वास हुनुपर्यो नि।
राणाको प्रश्न बद्रीबहादुर कार्कीलाई- यी दई मुद्दाको सार्थक सम्बन्ध के हो? बन्दीज्यूले यो मुद्दामा त्यो फैसलाको सम्बन्ध छ भन्नुभयो। मैले यो इजलासबाट स्पष्ट रुपमा के सोध्न चाहेको भने वरिष्ठ ज्यूले यी दुई मुद्दाको सार्थक सम्बन्ध के हो बताइदिनुपर्यो।
रमण श्रेष्ठ- राष्ट्रपति पनि त्यस्तै पाएका छौं। संविधान हेर्न नपर्ने कानुन हेर्न नपर्ने। संविधान रहने कि नरहने देखिएको छ। नेपाल कहाँ जाने हो। तेजबहादुर केसी श्रीमानले आफैं बुझ्नुपर्याे।
टीकाराम भट्टराई- यति धेरै प्रश्न उठेपछि श्रीमानहरुले आफैं बुझ्नुपर्ने हो। बमकुमार श्रेष्ठ र तेज बहादुर केसी श्रीमानले आफैं बुझ्नुपर्छ। यो मुद्दा तपाईंहरुले नहेरी नहुने के छ र? यति धेरै प्रश्न उठेपछि। भोलि इजलासमा मत विभाजन हुने अवस्था पनि आउला त्यो बेला झन् अहिले उठाएको विषय के होला।
प्रधानन्यायाधीशको प्रश्न- के तपाईंहरुले न्यायाधीश छान्ने हो र अब के तपाईंहरुलाई दिउँ? पक्षविपक्षले यो न्यायाधीश हुन्न भनेर हुन्छ। न्यायालयप्रति त विश्वास हुनुपर्यो नि। तपाईंहरुले पनि कानुनमा रहेर हो नि बहस गर्ने। हामीले पनि संविधान र कानुन त हो हेर्ने होइन? एकघन्टा २५ मिनेट गै सक्यो अब त भयो होलान यी यही विषयमा अल्झिने हो र?
कार्की यसअघि एमिकस क्युरीका सदस्य थिए। त्यतिखेर उनले विघटनको पक्ष र विपक्ष दुवैतिर राय सुनाएका थिए। अदालतमा अहिले इजलास गठन गर्दा शुक्रबार बमबहादुर श्रेष्ठलाई राखिएको विषयमा उठेको विषयमा नै बहस भइरहेको छ।
