मंगलबार, भदौ ९, २०८३

१५ प्रतिशत बढ्यो प्रहरीको रासन भत्ता

विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको थिएन। गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो। तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको हो। हरेक जिल्लामा प्रहरीको रासनभत्ता फरक–फरक हुने व्यवस्था छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै साउनदेखि रासनभत्ता बढाउने योजना ल्याएका हुन्। 

विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको थिएन। गृह मन्त्रालयले करिब ३३ प्रतिशत रासनभत्ता वृद्धि गर्न सिफारिस गरेको थियो। तर, सरकारले १५ प्रतिशत मात्र वृद्धि गरेको हो। हरेक जिल्लामा प्रहरीको रासनभत्ता फरक–फरक हुने व्यवस्था छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले रासनबापात भत्ता पाउने भए पनि नेपाली सेनाका कर्मचारीले भने ठेक्का प्रक्रियामार्फत् रासन नै लिने गर्दछन्।

प्रकाशित: May 29, 2021| 14:31 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।