काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य निर्धारण गरेको छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री विष्णुप्रसा द पौडेलले प्रस्तुत गरेको बजेट विवरणमा यस्तो उल्लेख गरेका हुन्।
कोरोनाका विरुद्ध भ्याक्सिन वितरण गर्ने भएकोले अवस्था सामान्य बन्दै गई आर्थिक वृद्धिदर ६.५ प्रतिशतले पुग्ने अनुमान गरिएको अर्थमन्त्री पौडेलले जानकारी बताए।
यस्तै आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो कुल बजेटको ४१.२ प्रतिशत हो।
यस्तै विकास (पुँजीगत) खर्चतर्फ भने ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ। सरकारले आगामी आवमा १० खर्ब २४ अर्ब ९० करोड राजस्व उठाउने लक्ष्य लिएको छ भने आन्तरिक र बाह्य रूपमा ५ खर्ब ५६ अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखिएको छ।
