काठमाडौं– सरकारले स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ। यो गत वर्षको भन्दा ३२ अर्ब बढी हो। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएका छन्। उनका अनुसार बजेट कोभिड नियन्त्रणमा केन्द्रित छ।
आगामी आर्थिक वर्षका लागि सरकाले स्वास्थ्यमा निम्न विषयलाई प्राथमिकतामा राखेको छ।
– सबै सरकारी अस्पतालमा कोभिड परीक्षण र उपचार निःशुल्क
– एक सय शय्याभन्दा बढी सबै अस्पतालमा अनिवार्य रुपमा अक्सिजन प्लान्ट
– अक्सिजन उत्पादनका लागि चाहिने विद्युत् महसुलमा ५० प्रतिशत छुट
– उपचार सेवामा जनशक्ति अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टनर्सिपमा रहेका चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत भत्तासहित एक वर्षे करार सेवामा लिन सकिने
– सरकारी अस्पतालमा आईसीयू, एचडीयूका लागि ४ अर्ब
– अक्सिजन प्लान्टको सामान ल्याउँदा भन्सारमा शतप्रतिशत छुट
–कोभिडविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड
– कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीको जोखिमभत्तामा निरन्तरता
–औषधि खरिदका लागि ५ अर्ब ६० करोड
–विपन्न नागरिकलाई मुटुरोग, मिर्गाैल, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल एनिमियाको उपचारका लागि दिइँदै आएको अनुदान रकम र १४ वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथिका जेष्ठ नागरिकको मुटुरोगको नि:शुल्क उपचार सुविधालाई निरन्तरता, २ अर्ब ५० करोड बजेट
–उपत्यकामा ३०० शय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शय्याको सरुवारोग अस्पतालका निर्माणका लागि १ अर्ब ३० करोड
–महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता शतप्रतिशत वृद्धि गरी १२ हजार
–क्षयरोग, मलेरिया, एड्स तथा यौनरोग र कुष्टरोग नियन्त्रण कार्यक्रमका लागि १ अर्ब ४६ करोड
–स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन
–सबै जिल्ला अस्पतालमा प्रसूति तथा नवजात शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइने
– ३९७ स्थानीय तहमा निर्माण सुरु भएको ५, १०, र १५ शय्याकाे आधारभूत अस्पताल २ वर्षभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने
– स्थानीय तहमा अस्पताल बनाउन ६ अर्ब १५ करोड विनियोजन
– क्यान्सर अध्ययन संस्थान स्थापना गरिने
–कान्ति बाल अस्पतालको आईसीयू वार्ड तथा पूर्वाधार निर्माणका लागि ३४ करोड
– सहिद गंगालाल अस्पतालमा बाल मुटुरोग युनिट सञ्चालन गर्न र अप्रेसन थिएटर स्तरोन्नति गर्न ९८ करोड
