मंगलबार, असोज १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वि. सं. २०८८ सम्ममा पेट्रोलियम सवारी विस्थापन गर्ने सरकारको लक्ष्य

वि. सं. २०८८ सम्ममा पेट्रोलियम सवारी विस्थापन गर्ने सरकारको लक्ष्य

'विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिनेछ। विसं २०८८ सम्म पेट्रोलियमबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गरिने कार्ययोजना बनाएर काम गरिनेछ,' उनले भने। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले वि. सं. २०८८ सम्ममा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गर्ने लक्ष्य लिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो लक्ष्य लिएको उल्लेख गरेका हुन्। 

'विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिनेछ। विसं २०८८ सम्म पेट्रोलियमबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गरिने कार्ययोजना बनाएर काम गरिनेछ,' उनले भने। 

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापन गरी विद्युतीय सवारी सञ्चालन गरे ५ वर्षसम्म नवीकरण दस्तुर नलाग्ने उनले उल्लेख गरे। 

प्रकाशित: May 29, 2021| 11:49 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्