काठमाडौं– चुरे तथा तराई क्षेत्रमा सरकारले एक लाख ५० हजार बिरुवा रोप्ने घोषणा गरेको छ। सरकारले सहरमा पनि ग्रिनरी बनाउने कार्यक्रम अन्तर्गत काठमाडौंमा पनि वृक्षरोपण गर्ने भएको छ।
त्यस्तै, सरकारले २५ माइक्रोन भन्दा कमका प्लास्टिक उत्पादन गर्ने कम्पनीले मेसिन परिवर्तन गर्न चाहेमा सहुलियतमा ऋण उपलब्ध गराउने भएको छ। वत तथा वातावरणका लागि सरकारले १४ अर्ब १३ करोड रकम छुट्याएको छ।
आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो निर्णय गरेको बताएका हुन्।
