काठमाडौं- सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेले यस्तो उद्घोष गरेका हुन्।
'गरिबी निवारण कोषलाई खारेज गरेको छु। कोषमा आबद्ध ३२ सामुदायिक समूहलाई सहकारीमा रुपान्तरण गरिने छ,' वक्तव्यका क्रममा मन्त्री पौडेलले भने।
