मंगलबार, भदौ ९, २०८३

बाँझो जमिन लिजमा दिने सरकारको योजना

पहाडी क्षेत्रमा फलफूल र हिमालमा पशुपालनका लागि सरकारले बाँझो जमिन लिजमा दिने भएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– पहाडी क्षेत्रमा फलफूल र हिमालमा पशुपालनका लागि सरकारले बाँझो जमिन लिजमा दिने भएको छ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषिलाई प्रवर्द्धन गर्नका लागि लिजमा दिने निर्णय गरेको बताएका हुन्।
साथै उनले कृषि क्षेत्रको माटो परीक्षण गर्ने सरकारको योजना अन्तर्गत परीक्षण प्रणालीको विकास गर्ने बताएका छन्।

सरकारले उत्पादनमा आधारित प्रोत्साहन प्रणालीको थप विकास गर्ने बताएको छ। राजमार्गको वरपरका खालि ठाउँमा फलफूल लगाउन स्थानीय क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ। इलाममा अलैंचीको कृषि बजार स्थापना गर्ने सरकारी योजना छ। कृषि र फलफूल विकासका लागि यो वर्ष सरकारले १२ अर्ब बजेट छुट्याएको छ।

प्रकाशित: May 29, 2021| 11:13 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।