काठमाडौं- आगामी आव २०७८/७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ लाख रोजगारी सिर्जना गरिने घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन्।
यसकाल लागि १२ अर्ब बिनियोजना गरिएको छ। 'प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगार सिर्जनाका लागि १२ अर्ब छुट्याएको छ,' बजेट वक्तव्यका क्रममा उनले भने।
यस्तै, युवा उद्यमीहरुलाई परियोजना धितो राखी १ प्रतिशत व्याजदरमा २५ लाख सम्म ऋण दिइनेसमेत उनले घोषणा गरे। स्टार्टअपका लागि १ अर्बको च्यालेन्ज फन्ड राखिएको उनको भनाइ छ।