काठमाडौं– सरकारले कोरोना महामारीका कारण गरिएको निषेध आदेशले पारेको असर कम गर्न राहत, सहुलियत र आर्थिक पुनर्स्थापनाका कार्यक्रम ल्याएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै तीव्र आर्थिक बृद्धिका लागि राहत र सहुलियत दिइने बताए। मासिक २० हजारसम्मको खानेपानी महसुल छुट, निषेधाज्ञा अवधिभर अत्यावश्यक सामग्रीको बिक्रीमा २० प्रतिशत छुट, विद्युत्को डिमान्ड र महसुलमा छुट, मासिक २० युनिटलाई शतप्रतिशत र ५० युनिटलाई ५० प्रतिशत छुट दिइने उनले बताए।
२५९ युनिटभन्दा बढी प्रयोग गर्नेलाई ३० प्रतिशतसम्म छुट दिइनेछ। होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक क्षेत्रसरह व्यवहार गरिने उनले बताए।
