काठमाडौं- सरकारले अस्पतालमा शय्या अभावमा मृत्यु हुने अवस्था सिर्जना हुन नदिने बताएको छ।
आगामी आर्थिक वर्षको अनुमानित आयव्यय विवरण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सबैलाई नि:शुल्क खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताएका छन्। चाडो खोप लगाइने र खोप अभियानलाई तीव्रता दिन २६ अर्ब ७५ करोड खोप खरिदका लागि छुट्याइएको जनाइएको छ।
कोरोना संक्रमितको उपचारमा खटिने कर्मचारी र सुरक्षा कर्मीको जोखिम भत्ता निरन्तरता स्वरुप ३७ अर्ब ५३ करोड विनियोजन गरिएको मन्त्री पौडेलले बताए।
