काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४८७ जना कोरोना संक्रमित थपिएका छन्। १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा संक्रमणमुक्त हुनेको संख्या भने ८ हजार ८० जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
