मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गणतन्त्र दिवसमा वामदेव गौतमको सन्देश– महानायक गिरिजा, प्रचण्ड र माधव नेपाल हुन्

गणतन्त्र दिवसमा वामदेव गौतमको सन्देश– महानायक गिरिजा, प्रचण्ड र माधव नेपाल हुन्

नेकपा (एमाले) का नेता वामदेव गौतमले युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ र नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल भएको बताएका छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– नेकपा (एमाले) का नेता वामदेव गौतमले युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ र नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल भएको बताएका छन्।

१४ औं गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना व्यक्त गर्दै नेता गौतमले भनेका छन्,  ‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेताकार्यकर्ता तथा अन्य नेपाली जनताको सहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर, २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याईपुर्‍याउने युगान्तकारी संघर्षका महानायकहरू भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरूमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न। अरू दुईजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’

नेता गौतमले एमाले केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका तीन नेता त्यसको विरुद्धमा रहेको खुलासा गरेका छन्। तर ती तीन नेता को हुन् भन्नेचाहिँ गौतमले खुलाएका छैनन्।

विभिन्न पार्टीमा आवद्ध तीन नेता गणतन्त्रको विपक्षमा रहेको बताउँदै नेता गौतमले संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर बैठकमा लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको दाबी गरेका छन्। 

प्रकाशित: May 29, 2021| 09:50 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।