मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पष्टीकरण बुझाउन उपेन्द्र यादवले दिए महन्थ ठाकुरलाई २४ घण्टे अल्टिमेटम

स्पष्टीकरण बुझाउन उपेन्द्र यादवले दिए महन्थ ठाकुरलाई २४ घण्टे अल्टिमेटम

'२४ घण्टाभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी घन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात् हाल संशोधित धारा ६९(५), ५० (१) र मिति २०७८ जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुनेछ,' केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण बुझाउन २४ घण्टे अल्टिमेटम दिएको छ। यसअघि नै स्पष्टीकरणका लागि यादव पक्षले ठाकुरलाई पत्र पठाएको भएपनि प्राप्त नभएको भन्दै दोस्रो पटक अल्टिमेटमसहितको पत्र पठाइएको हो। 

२४ घण्टामा पनि चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निष्काशन गरिने समेत चेतावनी दिइएको छ। ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ का व्यवस्था विपरीत काम गरेको आरोप यादव पक्षले लगाएको छ। 

'२४ घण्टाभित्र चित्तबुझ्दो जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धी घन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात् हाल संशोधित धारा ६९(५), ५० (१) र मिति २०७८ जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुनेछ,' केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। 

यादव पक्षले वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टीकरण दिन पत्र पठाइएको थियो। 

ओली सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र विवाद चर्किएको छ। ठाकुर पक्षले ओली सरकारलाई समर्थन गरेपछि उपेन्द्र यादवले स्पष्टीकरण सोधेका हुन्। 

यसैबीच ठाकुर पक्षले पनि यादवलाईलगायतलाई स्पष्टीकरण सोधेको थियो। यादवले पनि प्रत्युत्तर दिएका छैनन्। 

प्रकाशित: May 29, 2021| 08:44 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।