मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घनश्याम भुसालको स्पष्टीकरण– संसदीय मर्यादा उल्लंघन गरेकै हुँ

घनश्याम भुसालको स्पष्टीकरण– संसदीय मर्यादा उल्लंघन गरेकै हुँ

नेकपा (एमाले) का नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ फेसबुकबाट दिएका छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– नेकपा (एमाले) का नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ फेसबुकबाट दिएका छन्। एमाले स्थायी कमिटी बैठकले उनीसहित १२ नेतालाई स्पष्टीकरण सोधेपछि उनले फेसबुकबाटै स्पष्टीकरण दिएका हुन्। 

स्पष्टीकरणमा उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले संसदीय मर्यादा उल्लंघन गरेको स्वीकार गरेका छन्। तर  संविधान र राजनीतिका लागि आफूले त्यो विकल्प रोज्नुपरेको उनको भनाइ छ। 

मेरो स्पष्टीकरण

म दैनन्दिन सूचनाको खोजीमा खासै चासो राख्दिन। दलाल पुँजीवादले हाम्रो संविधानमाथि आक्रमण गरिरहने छ भन्ने मेरो अर्थराजनीतिक र भूराजनीतिक बुझाईबारे बोल्दै–लेख्दै आएको छु । एकजना कमरेडले करिब दुई वर्षदेखि हाम्रो भूराजनीति र यो लोकतान्त्रिक गणतन्त्रमाथि आइलाग्ने खतराबारे भन्दै आउनु भएको छ। त्यस्तो विश्लेषण केही भारतीय संस्थापन नजिकका मिडियामा पनि देखिएकै हो। तर पोहोर सालको वैशाख ८ मा दल विभाजनसम्बन्धी अध्यादेश आएको भोली वा पर्सीपल्ट सूचनाका सौखिन एकजना राजनीतिकर्मीले भनेको कुरा अझ स्पष्ट थियो जुन कुरा मैले धेरै साथीहरुलार्ई बताएको छु।

उनले भनेका थिए, नेकपाको विवाद समाधान हुँदैन। अदालतद्वारा नेकपा एमाले र माओवादी ब्युँताइने छ र तपाईँहरुलाई विभाजित गरिनेछ। संसद विघटन गरेर निर्वाचनको घोषणा गरिनेछ तर निर्वाचन हुनेछैन वा भयो भने पनि जिताइने र हराइनेहरु पहिले नै निश्चित हुनेछन्, त्यसले वैधता गुमाउने छ । संविधानले काम गर्दैन । त्यसपछि कमरेड ओलीको उपादेयता सकिन्छ । नयाँ खिलराजहरुको अभ्यास हुनेछ ।  त्यसपछि फेरि ‘नयाँ’ संविधानको कोर्समा मुलुकलार्ई धकेलिने छ । 

घटनाहरु जस्ताको त्यस्तै अगाडि बढ्दै छन् । अहिले नेकपा एमालेका केहि सांसदहले शेरबहादुर देउवालार्ई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे भनेर विरोध वा टिप्पणी भएको छ । एउटा सांसदको हिसाबले हेर्दा मबाट संसदीय मर्यादा उल्लङ्घन भएको स्वीकार गर्छु । तर हाम्रो संविधान र राजनीतिका लागि मैले उल्लङ्नको विकल्प रोज्नु पर्ने ठाउँमा पुगेँ । मेरो निर्णय लोकतान्त्रिक स्थीरताका साथ बाँच्न चाहाने नेपालको आकाङ्क्षाको पक्षमा हो, जसका लागि लाखौँ नेपालीको रगतपसिना बगेको छ ।

गणतन्त्र दिवसका उपलक्ष्यमा सबैलाई शुभकामना ।

प्रकाशित: May 29, 2021| 07:43 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।