मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गणतन्त्र नागरिकको जीवन पद्धति हो : मुख्यमन्त्री पोखरेल

गणतन्त्र नागरिकको जीवन पद्धति हो : मुख्यमन्त्री पोखरेल

लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्र केवल शासन पद्धति मात्र नभई नागरिकको जीवन पद्धति भएको बताएका छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

बुटवल - लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलले गणतन्त्र केवल शासन पद्धति मात्र नभई नागरिकको जीवन पद्धति भएको बताएका छन्। 

गणतन्त्र दिवसको अवसरमा शनिबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई आत्मसात् गरी मुलुकको विकासलाई अघि बढाएको बताए। 

लामो संघर्ष र बलिदानबाट वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भई जनताका छोराछोरीहरूले शासन व्यवस्थाको नेतृत्व गर्ने ठाउँमा पुुगेको सन्देशमा उल्लेख छ।

‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई अघि बढाउँदै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन हामी दृढसंकल्पित छौं। आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनव्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न अझै प्रेरणा प्रदान गर्ने छ,’ शुभकामना सन्देशमा भनिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेका समेत मुख्यमन्त्रीको भनाइ छ। ‘संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन हुँदै जाँदा नागरिकले विकास र समृद्धिको आकांक्षा पूरा गर्दै जानेछन्,’ मुख्यमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।

प्रदेश सरकार स्थापनाको तीन वर्षमा देखिने र सुनिने सरकारको रुपमा स्थापित भएको उनको दाबी छ। प्रदेश सरकार विकासको मेरुदण्ड हो भन्ने नागरिकले अनुभूति गर्न पाएका उनले बताए।

साथै मुख्यमन्त्री पोखरेलले नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिँदै राज्य संयन्त्रको प्रभावकारी परिचालन गरिएको बताए। उनले संकटको बेला उत्तेजना, आक्रोश र भड्काउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गर्न अपिल गरेका छन्।

कोरोना महामारी विरुद्धको लडाइँ जित्न तीन तहकै सरकारले काम गरेको बताउँदै संक्रमित र उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन सहयोग गर्न उनको आग्रह छ। 

प्रकाशित: May 29, 2021| 07:41 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।