मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उज्वल थापाको परिवारले भन्यो– दुर्गा प्रसाईंको सहयोग चाहिँदैन

उज्वल थापाको परिवारले भन्यो– दुर्गा प्रसाईंको सहयोग चाहिँदैन

विवेकशील नेपाली दलका पूर्वसंयोजक उज्वल थापाको उपचारका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आर्थिक सहयोग नचाहिने परिवारले जनाएको छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– विवेकशील नेपाली दलका पूर्वसंयोजक उज्वल थापाको उपचारका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आर्थिक सहयोग नचाहिने परिवारले जनाएको छ। 

कोरोना संक्रमण भएपछि दुई सातादेखि उपचार गराइरहेका थापाको लागि प्रस्तावित विएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले उपचार खर्च बेहोर्ने जनाएका थिए। तर थापाको परिवारले प्रसाईंको खर्च नलिने जनाएको छ। 

थापाको उपचारमा नेपाल तथा विदेशबाट सहयोग रकमले उपचार गरिरहेको र आगामी समयमा पनि त्यसरी नै उपचार खर्च जुटाउने भएकाले प्रसाईंको खर्च नलिने परिवारले जनाएको हो। प्रसाईंको सद्भावका लागि परिवारले धन्यवाद व्यक्त गरेको छ। 

हालसम्म थापाको उपचारको लागि गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२ हजार २९१ र नेपालका बैंक खातामा करिब रु. २६ लाख ५० हजार जम्मा भएको जनाइएको छ।

थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। फोक्सोमा गम्भीर असर देखिएपछि थापालाई एक्मो मेसिनको सहायतामा उपचार सुरु गरिएको हो।

प्रकाशित: May 29, 2021| 07:26 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।