काठमाडौं - इलाका प्रहरी कार्यालय मैनापोखरा बर्दियाको टोलीले चरेशसहित तीन जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका-३, भोलागौडी सतपतिया मान्झुण्डी सामुदायिक वन नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका-६, सिमलघारी बस्ने २६ को कमल विश्वकर्मा, ३२ वर्षीय कालीबहादुर चदारा र बर्दिया बढैयाताल गाउँपालिका-८ का ४८ वर्षीय बलबहादुर कामी रहेको प्रहरी निरीक्षक धर्मराजराज जोशीले जानकारी दिए।
शंका लागेर झोला खानतलास गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा ६९४ ग्राम चरेश बरामद भएको हो।
