मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्याक्सिन सहयोगका लागि जो बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र

भ्याक्सिन सहयोगका लागि जो बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी छन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी छन्। 

नेपाललाई सहयोग गर्ने बारेको पत्र अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले अमेरिकी इर्विन मासिंगालाई छलफलका क्रममा हस्तान्तरण गरेका हुन्। मासिंगा राज्य विभागका वरिष्ठ सल्लाहकार हुन्। 

राजदूत खतिवडाले मासिंगालाई नेपालमा कोभिड संक्रमणको अवस्थाबारे जानकारी गराएका छन्। साथै उनले नेपालको भ्याक्सिनेसन योजनाबारे पनि छलफल गरे। उनले अमेरिकी सरकारको तर्फबाट नेपाललाई भ्याक्सिन सहयोग गर्नेबारे पनि आग्रह गरेका छन्। 

त्यस्तै राजदूत खतिवडाले जे एन्ड जे भ्याक्सिन खरिद गर्नेबारे पनि सल्लाह गरेका छन्। 

मासिंगाले पनि अमेरिकी सरकारले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपालले जानसेन इन्फेक्टिअस डिजिज एण्ड भ्याक्सिन फार्मास्युटिकल्सबाट भ्याक्सिन खरिद गर्नेबारे योजना बनाइरहेको छ। 

त्यस्तै मासिंगाले एजेड भ्याक्सिनको खर्चको बाँडफाँट भने कोभ्याक्स र द्विपक्षीय सम्झौताबाट निर्धारण गर्ने कुरा गरेका थिए।

प्रकाशित: May 29, 2021| 06:24 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।