मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले संवैधानिक ‘कु’ गरी मुलुकलाई प्रतिगमनतर्फ धकेले : झलनाथ खनाल

प्रधानमन्त्री ओलीले संवैधानिक ‘कु’ गरी मुलुकलाई प्रतिगमनतर्फ धकेले : झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन्। 

गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै नेता खनालले इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनाई विसर्जन गर्ने पात्रकार रुपमा ओलीले आफूलाई स्थापित गरेको आरोप लगाएका हुन्। 

‘उपलब्धिहरूलाई संस्थागत  गर्दै अगाडि बढ्ने क्रममा हाम्रो पार्टीको अध्यक्ष के.पि. शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र नै समाप्त गर्ने गरी २०७७ पुस ५ र २०७८ जेठ ८ गते  प्रतिनिधिसभा विघटन गरी संवैधानिक ‘कु’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेका  छन्,’ उनले भनेका छन्, ‘त्यतिमात्र होइन हामीजस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई एकातिर दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै बिचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरूलाई पक्षपोषण गरिरहेका छन्।’

अर्कातर्फ निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै  निरंकुश तानाशाही प्रवृत्ति देखाइरहेको उनको भनाइ छ। 

यस क्रियाकलापबाट ओली पार्टीको संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भासतर्फ लैजान उद्दत छन् भन्ने कुरा प्रष्ट भएको खनालले आरोप लगाएका छन्। 

उनले भनेका छन्, ‘राष्ट्रियताका पक्षमा सिंगो देशलाई एकताबद्व बनाउन, प्रतिगमनविरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक भई संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, कोरोना महामारीको नियन्त्रणका लागि  एकताबद्ध भएर  परिचालित हुन  र समाजवादको बाटोमा दृढतापूर्वक अगाडि बढ्न म सबैमा  हार्दिक आह्वान गर्दछु।’

प्रकाशित: May 29, 2021| 05:22 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।