मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : दाहाल

प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्। 

गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताएका हुन्। 

उनले गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्त्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन्। 

‘नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,’ उनले भनेका छन्, ‘पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुन्छ।’

दाहालले स्वास्थ्यकर्मीमाथि संघातिक आक्रमण, विद्युत आपूर्ति नहुँदा कोरोना संक्रमितले ज्यान गुमाएको घटनाप्रति सरकारलाई ध्यनाकर्षण पनि गराएका छन्। ‘यसप्रकारका घटनाको निन्दा र भर्त्सना गर्दै अस्पताल क्षेत्रको सुरक्षा र अत्यावश्यक सामग्रीको आपूर्तिका लागि हाम्रो पार्टी सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ शुभकामना सन्देशमा भनिएको छ। 

प्रकाशित: May 29, 2021| 03:50 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।