मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद्काे बैठक बस्दै

बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद्काे बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेश सिफारिसका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिहान ११ बजेका लागि मन्त्रिपरिषद बैठक बस्न लागेको कृषि पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन्। बजेटका सबै दस्तावेजलाई अन्तिम रुप दिइसकेकाले आज मन्त्रिपरिषद् बैठकमा पेस गर्न लागिएको हो। 

मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्नेछ। राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ।

प्रकाशित: May 29, 2021| 02:55 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।