मंगलबार, भदौ ९, २०८३

सुर्खेतमा पनि एमालेको समानान्तर कमिटी

नेकपा (एमाले) माधव–झलनाथ पक्षले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

सुर्खेत - नेकपा (एमाले) माधव–झलनाथ पक्षले सुर्खेतमा पनि समानान्तर कमिटी गठन गरेको छ। मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो।

कमिटीको उपाध्यक्षमा टोपबहादुर रास्कोटी, सचिवमा शिवप्रसाद उपाध्याय र उपसचिवमा बलबहादुर नेपाली छन्। बडुवाल यसअघि एमालेका सचिव थिए भने रास्कोटी यसअघि उपसचिव थिए। त्यस्तै सचिव उपाध्याय पनि अघिल्लो कार्यकालमा उपाध्यक्ष भइसकेका हुन्।

उनी २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ बाट हालका एमाले प्रदेश कमिटी संयोजक एवम् कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलविरुद्ध बागी उम्मेद्वार बनेका थिए। उक्त निर्वाचनमा कांग्रेस विजयी भएको थियो। 

लामो समयदेखि माधव–झलनाथ समूहलाई साथ दिँदै आएका एमाले सुर्खेतका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही संस्थापन पक्षमा लागेपछि सो पक्षले शुक्रबार साँझ समानान्तर कमिटी घोषणा गरेको हो।

प्रकाशित: May 29, 2021| 02:09 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।