मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सबै परीक्षा भौतिक उपस्थितिमै  सञ्चालन हुने

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सबै परीक्षा भौतिक उपस्थितिमै  सञ्चालन हुने

मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने भएकाले अध्यापन कार्यको निरन्तरता दिँदै विद्यार्थीहरूलाई उपल्लो सेमेस्टरमा अपग्रेड गर्न क्याम्पसहरूलाई सूचित गरेको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडाैं - मध्यपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने भएकाले अध्यापन कार्यको निरन्तरता दिँदै विद्यार्थीहरूलाई उपल्लो सेमेस्टरमा अपग्रेड गर्न क्याम्पसहरूलाई सूचित गरेको छ।

विश्वविद्यालयले सबै सेमेस्टरका सत्रान्त परीक्षा विद्यार्थीहरूको भौतिक उपस्थितिमा तोकिएको परीक्षा केन्द्रमा नै हुने भएकोले सबै क्याम्पसहरूलाई अनलाइन विधिबाटै विद्यार्थीहरूको पठनपाठन, आन्तरिक मूल्यांकनका क्रियाकलापहरू र मध्यवर्ती परीक्षासमेत सञ्चालन गर्न र सम्बन्धित सेमेस्टरको पढाइ र आन्तरिक मूल्यांकनका सम्पूर्ण क्रियाकलापहरू समाप्त भएका विद्यार्थीहरूलाई उपल्लो सेमेस्टरमा अपग्रेड गरी निजहरूको अध्यापन कार्य एवम् आन्तरिक मूल्यांकनका क्रियाकलापहरू अनलाइन विधिबाटै सुचारु गर्न अनुरोध गरेको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्पूर्ण तहका चालु सेमेस्टरका कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित: May 29, 2021| 01:36 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।