मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कालीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन्। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

पर्वत- जिल्ला प्रशासन कार्यालय पर्वतले वर्षाका कारण बाढीपहिराको जोखिम भएको भन्दै सुरक्षित रहन अनुरोध गरेको छ। कालीगण्डकी नदीमा बिहीबादेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो।

जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन्। 

पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताए। -रासस

प्रकाशित: May 28, 2021| 17:00 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।