मंगलबार, भदौ ९, २०८३

चामेको नयाँबजार बस्तीमा बाढी पस्यो, ३६ घर जोखिममा

निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँबजारको बस्तीमा बाढी पसेको छ। निरन्तर ५२ घण्टा पानी परेपछि नयाँबजार बीचबाट बग्ने घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेका हुन्। खोलामा आएको बाढी नयाँबजारको बस्तीमा पसेको छ। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

मनाङ- निरन्तरको वर्षाका कारण चामे गाउँपालिका–३ नयाँबजारको बस्तीमा बाढी पसेको छ। निरन्तर ५२ घण्टा पानी परेपछि नयाँबजार बीचबाट बग्ने घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेका हुन्।

पश्चिम बंगालखाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली यास चक्रवातका कारण जिल्लाको तल्लो भागमा धेरै पानी परेपछि अहिले बस्ती नै जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार जोखिममा परेको घरपरिवारलाई स्थानान्तरण गरिएको छ।

‘लामो समयसम्म लगातार परेको पानीले खोला बढेको छ, जोखिमयुक्त घरपरिवारलाई छिमेकी वडामा स्थानान्तरण गरेका छौंँ,' लामिछानेले भने, ‘सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका सुरक्षा निकाय उद्धारमा खटिरहनुभएको छ, बस्तीका मानिसलाई भने सुरक्षित स्थानमा व्यवस्थापन गरिरहेका छौं।’

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले निरन्तरको वर्षाले गर्दा क्षति पुगेको बताए। 'म उक्त क्षेत्रमा अनुगमनमा गएको थिएँ, झन्डै आफ्नै घर बाढीले बगाएन, घरपरिवारले समयमै थाहा पाएर भागेछन्,' उनले भने। -रासस

प्रकाशित: May 28, 2021| 16:51 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।