काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई सामाजिक बहिष्कार गर्न आह्वान गरेका छन्। शुक्रबार ट्विट गर्दै नेता कोइरालाले उनीहरूला कारबाहीको दायरामा ल्याउन र सामाजिक बहिष्कार गर्न आह्वान गरेका हुन्।
‘नेपालगञ्ज र विराटनगरका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू आक्रमण गर्नेमाथि कानुनी कारबाही गरौं,’ कोइरालाले ट्विटमा लेखेका छन्।
सत्ता र पार्टीबाट संरक्षितहरूबाट ड्युटीमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई हमला हुनु जघन्य अपराध भएको उनको भनाइ छ। 'सत्ता र पार्टीबाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि हमला गर्नु जघन्य अपराध हो,' उनले ट्विटमा लेखेका छन्।
बाँकेको भेरी अस्पतालमा चिकित्सक र नर्समाथि भएको आक्रमणमा नेकपा एमालेका प्रदेशस्तरका नेताको संलग्न भएको भन्दै उनले आपत्ति जनाएका हुन्। भेरि अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको सर्वत्र विरोध भइरहेको छ।
सत्ता र पार्टीवाट संरक्षितहरुद्वारा महामारीको यस्तो विषम परिस्थितिमा अहोरात्र ड्युटीमा खटिएका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरुमाथि हमला गर्नु जघन्य अपराध हो।
— Dr Shekhar Koirala (@Shekharnc) May 28, 2021
नेपालगञ्ज र बिराटनगरका चिकित्सक,नर्स तथा स्वास्थ्यकर्मीहरु आक्रमण गर्नेमाथी कानुनी कारवाही गरौं,सामाजिक बहिष्कार गरौं।
