मंगलबार, भदौ ९, २०८३

कैलालीमा हत्या आरोपमा चार जना पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

कैलाली- कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ बसपार्कको प्रतिक्षालयमा युवकको शव फेलापरेपछि प्रहरीले सीसीटीभी फुटेजका आधारमा चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकका १८ वर्षीय दीपेन्द्र भनिने दीपान्सु पौडेल, डडेलधुरा अमरगढी घर भई कञ्चनपुर भिमदत्त नगरपालिका–३ का १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका–४ का २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय युवराज शाही छन्। मृतकको पहिचान भने अहिलेसम्म हुन नसकेको प्रहरीले जनाएको छ।

मृतक युवा सुतिरहेको अवस्थामा निजको खल्तीबाट पैसा लुटेर लगेको र कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मृतक गहुगोरो वर्णको उचाई ५ फिट ६ इन्छ, बाँया हातको पाखुरामा नागको ट्याटु खोपेको, माथिल्लो शरीरमा टाटेपाटे भेष्ट लगाएको र तल्लो शरीरमा निलो रंगको जिन्स पाइन्ट लगाएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ।

प्रकाशित: May 28, 2021| 14:51 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।