मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेका ५ दलको आरोप- प्रधानमन्त्री र मुख्यमन्त्रीकै संरक्षणमा भेरी अस्पतालमा आक्रमण भयो

बाँकेका ५ दलको आरोप- प्रधानमन्त्री र मुख्यमन्त्रीकै संरक्षणमा भेरी अस्पतालमा आक्रमण भयो

‘ओली सरकार र लुम्बिनीका मुख्यमन्त्रीको संरक्षणमा रहेका एमाले ओली गुटका प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– बाँकेका पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको संरक्षणमा भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको आरोप लगाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेपाल पक्षीय एमाले, उपेन्द्र यादव पक्षीय जसपा र जनमोर्चाले यस्तो आरोप लगाएका हुन्। 

सत्ता उन्मादमा अस्पतालमा गुण्डागर्दी गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। विज्ञप्तिमा नेपाली कांग्रेसका सचिव तप्त पौडेल, माओवादी केन्द्रका अध्यक्ष आईपी खरेल, एमालेका सचिव रत्न खत्री, जसपाका अध्यक्ष कमरुद्दिन राई र जनमोर्चाका उपाध्यक्ष जगदीश ढकालको हस्ताक्षर छ।

‘ओली सरकार र लुम्बिनीका मुख्यमन्त्रीको संरक्षणमा रहेका एमाले ओली गुटका प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायतले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गरेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

संयुक्त विज्ञप्तिमा यस्ता अराजक सत्ताउन्माद गुण्डागर्दीको भर्त्सना गरिएको छ। ‘यस्ता अराजक कुतत्त्वलाई कडा कारबाहीको माग गर्दछौं र कोरोना संक्रमणबाट संक्रमित बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन अनुरोधका साथै स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दछौं,’ उनीहरुले भनेका छन्।

बिहीबार साँझ भेरी अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि रावतको समूहले अस्पतालको वार्डमा प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थिए। उनीहरुको आक्रमणबाट जोगिन केही नर्सहरू दुई तलामाथिबाट हामफालेका थिए। आक्रमणकारी रावतले प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्रीको संरक्षण भएको भन्दै सर्वत्र विरोध गरिएको छ।

प्रकाशित: May 28, 2021| 14:05 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।