मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा अक्सिजन नपाएर एकसाथ ६ जनाको मृत्यु भएपछि कांग्रेसको प्रश्न- सरकार कहाँ छ?

पोखरामा अक्सिजन नपाएर एकसाथ ६ जनाको मृत्यु भएपछि कांग्रेसको प्रश्न- सरकार कहाँ छ?

'समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको छ।’
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– नेपाली कांग्रेसले अक्सिजन अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ निधन हुनुमा सरकारको अकर्मण्यता मुख्य कारक रहेको आरोप लगाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति प्रकाशित गरी यस्तो आरोप लगाएका हुन्। कांग्रेसले यो घटनापछि देशमा सरकार कहाँ छ भने प्रश्न पनि गरेको छ। 

विज्ञप्तिमा उल्लेख छ, 'समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित व्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठूलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको छ।’

नवजात शिशुलाई हेरेर राज्यको कर्तव्य पहिचान र आत्मसात् गर्नसमेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपिल र आग्रह गर्दछ।’

कांग्रेसले जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुँदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको ठहर गरेको छ। विज्ञप्तिमा उल्लेख छ, ‘ देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजन अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो। सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो।’ 

कांग्रेसले मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपिल गरेको छ।

कांग्रेसले भनेको छ, ‘लापरबहीले भएका प्रत्येक मृत्यु महँगो पर्ने चेतावनी दिन चाहन्छ। अक्सिजन अभावमा एकसाथ जीवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युपछि असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर राज्यको कर्तव्य पहिचान र आत्मसात् गर्नसमेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपिल र आग्रह गर्दछ।’

प्रकाशित: May 28, 2021| 12:54 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।