मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रमुख जिल्ला अधिकारीहरुसँग मुख्यमन्त्री राउतको छलफल

प्रमुख जिल्ला अधिकारीहरुसँग मुख्यमन्त्री राउतको छलफल

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्थाबारे बुझ्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्थाबारे बुझ्न प्रदेशका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको भर्चुअल संवादमा मुख्यमन्त्री राउतले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र अगामी दिनमा अपनाउनु पर्ने रणनीतिहरुबारे जानकारी लिएका हुन्।

छलफलमा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था, अस्पतालहरुमा थप गर्नुपर्ने सुविधालगायतका विषयमा जानकारी गराएका थिए।

प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्गपछि मुख्यमन्त्री राउतले जिल्लाहरुबाट भएको मागहरुबारे प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरिने जानकारी गराए।

प्रकाशित: May 28, 2021| 12:24 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।