मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १८ सार्वजनिक संस्थान घाटामा, ५ खर्ब १९ अर्ब पुग्यो सरकारी लगानी

१८ सार्वजनिक संस्थान घाटामा, ५ खर्ब १९ अर्ब पुग्यो सरकारी लगानी

सार्वजनिक संस्थानमा सरकारले गत आर्थिक वर्षसम्म २ खर्ब ८८ अर्ब ६५ करोड सेयर लगानी गरेको छ। त्यस्तै २ खर्ब ३० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। ऋण र सेयर गरी सरकारले सार्वजनिक संस्थानमा ५ खर्ब १९ अर्ब रुपैयाँ लगानी गरेको छ। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं- नेपालका १८ सार्वजनिक संस्थानमा घाटामा रहेको देखिएको छ भने २४ संस्थान नाफामा देखिएका छन्। सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणसँगै सार्वजनिक गरिएको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा (येल्लो बुक)ले दुई संस्थानको भने कारोबार बन्द भएको देखाएको हो। 

घाटामा सञ्चालित संस्थानमध्ये जनकपुर चुरोटकारखाना बन्द छ। त्यस्तै नेपाल ओरियन्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखानाको कारोबार नभएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख गरेको छ। 

विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा रहेको मन्त्रालयको भनाइ छ। त्यस्तै नेपाल रेल्वे कम्पनी व्यवसाय सञ्चालनको प्रक्रियामा रहेकोले प्रशासनिक खर्चका कारण घाटा बेहोरिरहेको छ। यो गत आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक हो। 

ऋण र सेयर गरी सरकारले सार्वजनिक संस्थानमा ५ खर्ब १९ अर्ब रुपैयाँ लगानी गरेको छ। 

सार्वजनिक संस्थानमा सरकारले गत आर्थिक वर्षसम्म २ खर्ब ८८ अर्ब ६५ करोड सेयर लगानी गरेको छ। त्यस्तै २ खर्ब ३० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। ऋण र सेयर गरी सरकारले सार्वजनिक संस्थानमा ५ खर्ब १९ अर्ब रुपैयाँ लगानी गरेको छ। 

गत आर्थिक वर्षमा सार्वजनिक संस्थानहरुबाट सरकारले १ खर्ब १३ अर्ब रुपैयाँ राजश्व प्राप्त गरेकोसमेत उक्त विवरणमा उल्लेख छ। गत आर्थिक वर्षसम्म सञ्चालित कुल ४४ संस्थानमध्ये नेपाल सरकारको पूर्ण स्वामित्वमा २३ संस्थान रहेका छन्। 

सबै सार्वजनिक संस्थानमा कुल चुक्ता पुँजी ३ खर्ब ११ अर्ब ७ करोड ९१ लाख रुपैयाँ छ। सोमध्ये ९२.९६ प्रतिशत सरकारी लगानी हो भने बाँकी ७.४ प्रतिशत लगानी निजी क्षेत्रको हो। 

सञ्चालित सबै सार्वजनिक संस्थानमा गत आर्थिक वर्षसम्म २८ हजार ३६४ जनाले रोजगारी पाएका छन्। पूर्ण र आंशिक सरकारी लगानी रहेका सार्वजनिक संस्थानको संख्या ४४  छ। 

प्रकाशित: May 28, 2021| 12:29 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।