काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये २१ देखि ३० वर्ष उमेर समूहका १ हजार ७०० जना छन्।
यस्तै ३१ देखि ४० वर्षसम्मका १ हजार ४९९ जना संक्रमित भएका छन्। १० वर्षसम्मका १७९ जना, ११ देखि २० वर्षसम्मका ६३७ जना र ४१ देखि ५० वर्ष उमेर समूहका एक हजार १८० जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार ५१ देखि ६० उमेर समूहमा ८६६ जना, ६१ देखि ७० उमेर समूहमा ४९१ जना, ७१ देखि ८० वर्ष उमेर समूहका १८५ जना संक्रमित भएका छन्।
यस्तै ८० वर्षमाथिका ८५ जना रहेका छन् भने ३३ जनाको भने उमेर खुलेको छैन।
