मंगलबार, असोज १३, २०८३

सार्वजनिक ऋण १६ खर्बनजिक, तपाईंको भागमा कति?

नेपालको सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। शुक्रबार अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सार्वजनिक ऋणको यो आँकडा सार्वजनिक गरेको हो। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– नेपालको सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ। शुक्रबार अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सार्वजनिक ऋणको यो आँकडा सार्वजनिक गरेको हो। 

यसअनुसार एक जना नेपालीको भागमा ५४ हजार ८०८ रुपैयाँ ऋण पर्छ। गत वर्षको अन्त्यसम्ममा हरेक नेपालीको टाउकोमा ४६ हजार ७०० रुपैयाँ ऋण थियो। एक वर्षमा ऋण ६ हजार १०८ रुपैयाँ ऋण बढेको देखिएको छ। यो ऋण व्यक्तिगत रुपमा भने तिर्नुपर्ने होइन। तर, जनताले नै तिरेको करबाट राज्यले ऋण तिर्नेछ। 

केन्द्रीय तथ्यांक विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९० लाख हो। कुल सार्वजनिक ऋणलाई नेपालको जनसंख्याले भाग गर्दा ५४ हजार ८०८ रुपैयाँ आएको हो। नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३७.३ प्रतिशत हो। चालू आर्थिक वर्षको लागि नेपालको जीडीपी ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ हुने अनुमान तथ्यांक विभागको छ। 

आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले १ खर्ब १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन गरेको छ। त्यस्तै, ७ अर्ब ४८ करोड विदेशी अनुदान र ८५ अर्ब २ करोड ऋण गरी ९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता आएको छ। 

साढे ९२ अर्ब विदेशी सहायता आए पनि ६० अर्ब ९ करोड रुपैयाँमात्र अन्तर्राष्ट्रिय विकास सहायता उपभोग भएको अर्थ मन्त्रालयले जनाएको छ । यस अवधिमा ऋणतर्फ ५० अर्ब ३८ करोड र अनुदानतर्फ ९ अर्ब ७१ करोड रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ।     
 

प्रकाशित: May 28, 2021| 10:49 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्