मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिलो डोज कोभिड खोप लगाएकालाई निश्चिन्त रहन प्रधानमन्त्रीको आग्रह

पहिलो डोज कोभिड खोप लगाएकालाई निश्चिन्त रहन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोभिडको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा जसरी पनि लगाइने जनाएका छन्।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा जसरी पनि व्यवस्था गरिने कुरामा निश्चिन्त रहन भनेका छन्। थप खोपको व्यवस्था गरी सबै वयस्कलाई खोप लगाई महामारी नियन्त्रण गर्ने प्रधानमन्त्री ओलीले बताए। 

खोप उत्पादक कम्पनीले प्रतिवद्धता खोप उपलब्ध नगराउँदा विकाससील देशका लागि खडा गरिएको कोभ्याक्स एलाएन्सको समग्र योजना प्रभावित भएको उनले बताए। खोपको असमान वितरण विश्वव्यापी बहस बनेको प्रधानमन्त्रीले बताए।

कोरोना महामारीको आक्रमणबाट विकासशील देशमा मार बढी परेको भन्दै यसले दिगो विकासमा चुनौती रहेको उनको भनाइ छ।
 

प्रकाशित: May 28, 2021| 10:35 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।