मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेना अपडेट : ९ हजार ४१ संक्रमणमुक्त, ६ हजार ९५१ जना थपिए

काेराेना अपडेट : ९ हजार ४१ संक्रमणमुक्त, ६ हजार ९५१ जना थपिए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ। अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन्।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं– आज शुक्रबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। 

पछिल्लो २४ घण्टामा ९ हजार ४१ संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनको संख्या संख्या ४ लाख २ हजार ६७० पुगेको छ। अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९५१ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ। अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन्।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७ हजार ४७ पुगेको छ।

केही दिनयता संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ भने दैनिक मृत्यु हुनेको संख्या पनि केही घटेको छ।

प्रकाशित: May 28, 2021| 10:25 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।