काठमाडौं- सरकारले ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँमा पुगेको दाबी गरेको छ। शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै सरकारले गत यस्तो दाबी गरेको हो।
गत वर्ष २०७७ फागुनसम्मको तथ्यांकको आधारमा उक्त दाबी गरिएको हो।
‘२०७७ फागुनसम्म ९३ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ’ आर्थिक सर्वेक्षणमा भनिएको छ, ‘राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत उत्पादन गत वर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भई १ हजथार ४५६ मेगावाट पुगेको छ।’ अर्थ मन्त्रालयले सार्वजिनक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट प्रतिघण्टा पुगेको छ।
