काठमाडौं– भेरी अस्पतालमा बिहीबार राति भएको घटनालाई नेपाल चिकित्सक संघले कालो दिनको रुपमा घोषणा गरेको छ।
संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको छ।
कोरोना महामारीमा सिमित स्रोत, साधन, जनशक्तिका बीच पनि उपचारमा खटिएको अवस्थमा उनीहरुमाथि कुटपिट तथा अवान्छित क्रियाकलापले असुरक्षित वातावरण बनाएको संघले जनाएको छ।
अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुुनअनुसार कारबाही गर्न चिकित्सक संघले माग गरेको छ।
महामारीको समयमा स्वस्थ्यकर्मीलाई मनोबल बढाउनुको सट्टा हातपात गर्ने, मार्न खोज्ने, लखेटीलखेटी पिट्ने र अस्पतालमा समेत तोडफोड गर्ने कार्य भएको भन्दै संघले ध्यानाकर्षण भएको जनाएको छ।

