मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइतबारका लागि 'हेर्दाहेर्दै'मा प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा

आइतबारका लागि 'हेर्दाहेर्दै'मा प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा

प्रधानन्यायाधीश राणाले विघटनविरुद्धका परेका १९ रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए। यसपछि शुक्रबार संवैधानिक इजलासा ती रिटमाथि सुनुवाइ सुरु भएको हो। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं-  प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिट 'हेर्दाहेर्दै'मा राखिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जनाको संवैधानिक इजलासले रिटहरूलाई आइतबारकार लागि 'हेर्दाहेर्दैमा राखेको हो।

प्रधानन्यायाधीश राणाले विघटनविरुद्धका परेका १९ रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए। यसपछि शुक्रबार संवैधानिक इजलासा ती रिटमाथि सुनुवाइ सुरु भएको हो। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित ५ जना न्यायाधीश हुने व्यवस्था छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते राती पौने २ बजेतिर प्रतिनिधिसभा विघटन गरेकी थिइन्। बहुमत सदस्यका साथ दाबी पेस गरेपनि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त नगरी संसद् नै विघटन गरेको भन्दै सत्तारुढ एमालेको नेपाल पक्ष, जसपाको उपेन्द्र-बाबुराम पक्ष, माओवादी केन्द्र र नेपाली कांग्रेसका १ सय ४६ जना सांसदले सर्वोच्च अदातलमा रिट दर्ता गराएका थिए।

यसअघि पनि प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद् विघटन गरेका थिए। सर्वोच्चले उक्त विघटन अवैधानिक भएको ठहर गरेको थियो। 

प्रकाशित: May 28, 2021| 09:14 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।